काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन् ।
सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडी २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
दोलखा घर भएकी न्युटन इमाडोलमा भाडामा बस्दै आइरहेकी थिइन् । उनी कपडा सुकाउनका लागि इनारको स्ल्याबमा टेक्दा भाँचिएर इनारमा खसेकी हुन् । अहिले उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया