वैशाख १६ गते बोलाइयो संसदको वर्षे अधिवेशन

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन वैशाख १६ गतेको लागि बोलाएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन)को अधिवेशन आह्वान गरेकी हुन् ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । 

संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । 

संघीय संसद सचिवालयका अनुसार यसवर्ष वैशाख २० गते राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?