काठमाडौं । सात महिनादेखि अवरुद्ध रहेको मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा पुग्दैछ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी सुरुङमा पानी पथान्तरण गरिसकिएको छ भने अहिले विहानदेखि पानी उपभोक्ताको धारामा खस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विहान सिंहदरबारको धारामा पानी खोलेर पानी वितरणको शुभारम्भ गर्दैछन् ।
प्रधानमन्त्री दाहालले पानी वितरणको शुभारम्भ गरेपछि उपभोक्ताको घरघरमा मेलम्चीको पानी खस्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका अनुसार पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मेलम्चीको पानी आउन छाडेपछि उपत्यकामा खानेपानीको समस्या चर्किएको थियो ।आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ फागुन २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उद्घाटन गरेका थिए । त्यसपछि वर्षेनि बर्षाले सुरुङमा क्षति पु¥याउँछ, सरकारले वर्षेनि मर्मतसम्भारमै करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया