काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् ।
असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका हुन् ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एक सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने बताइएको छ भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै सम्मेलनका क्रममा प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठक भएकाले परराष्ट्रमन्त्री साउद भने २ माघमै युगाण्डा जाने छन् । प्रधानमन्त्री सम्मेलनमा भाग लिएर ७ माघमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया