एक रुपैयाँमा सिम

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा (एसईई)को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । 

एनसेलले एसईईका विद्यार्थीलाई एक रुपैयाँमै सिम उपलब्ध गराएको कम्पनीले जनाएको हो । 

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समावेश भएको पनि कम्पनीले जनाएको छ । 

सिम प्राप्त गर्न विद्यार्थीले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ । 

सिममा समावेश अफरहरु अन्तर्गत १७.७० मा दैनिक डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?