आइतबार दिनभर इसेवा अवरुद्ध, ग्राहकहरु समस्यामा

लोकपथ
169
Shares

काठमाडौं । डिजिटल वालेट कम्पनी इसेवामा आइतबार दिनभर समस्या आएका कारण सेवा अवरुद्ध बनेको छ ।

कारोबारका लागि ईसेवा प्रयोग गर्ने ग्राहकहरु धेरै रहेका छन् । तर दिनभर प्राविधिक समस्याका कारण सबै सेवाहरु अवरुद्ध भएपछि ग्राहकहरु, इसेवा एजेण्ट तथा सम्पूर्ण मर्चन्टहरु समस्यामा परेका छन् ।

इसेवामा समस्या आएपछि कम्पनीलेग्राहकहरुमा परेको असुविधाप्रति अवगत रहेको जानकारी गराउँदै विज्ञप्ति जारी गरेको थियो ।

पछिल्लो समय इसेवामार्फत कारोबार गर्ने ग्राहकहरु बढिरहेका छन् । तर दिनभरजस्तो समस्या हुँदा पनि कम्पनीले कुनै जवाफदेहिता देखिएको देखिँदैन् । सेवा अवरुद्ध हुँदा क्षमा माग्दै विज्ञप्ति निकाल्ने र सेवा सुचारु भएपछि सेवा सुचारु भएको जानकारी दिँदै विज्ञप्ति मात्र निकालेको भन्दै ग्राहकहरुले आलोचना गरेका छन् ।

त्यसो त इसेवाले आफूलाई नेपालको पहिलो अनलाइन भुक्तानी प्रदायकको रुपमा चिनाउँदै आइरहेको छ । क्यासलेस नेपालको परिकल्पनाका लागि इसेवा जस्ता भुक्तानी प्रदायकहरुको ठूलो भूमिका रहेको छ । खाजा खानदेखि अन्य प्रयोजनका लागि इसेवामा भएको रकमको भर पर्दा आफूहरु समस्यामा परेको भन्दै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?