नेप्से ३१.६२ अंकले बढ्यो, २१२ कम्पनीको सेयरमा उछाल

लोकपथ
195
Shares

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज ३१.६२ अंकले बढेको छ । १.५१ प्रतिशतले बढेर नेप्से २१२०.६२ विन्दुमा पुगेको छ ।

आइतबार १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज १२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भएको छ । ३१४ कम्पनीमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज सबैभन्दा बढी जलविद्युत कम्पनीका सेयर ४.५८ प्रतिशत, माइक्रोफाइनान्स १.९६, फाइनान्स १.५५ र अन्य २.७७ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्त कम्पनीको संस्थापक सेयर ३५ करोड ६८ लाखको कारोबार भएको छ । दोस्रोमा रहेको सोनापुर मिनरल्सको २४ करोड, तेस्रोमा हाथवे इन्भेस्टमेन्टको ११ करोड ८३ लाखको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख र अरुण काबेली पावरको ११ करोडको सेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?