काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी उनकी पत्नी आरती गिरीले आत्मदाहको प्रयास गरेकी छिन् ।
आरतीले आइतबार सर्वोच्च अदालतभित्रै ज्वलनशील पदार्थ खनाएर आत्मदाहको प्रयास गरेकी हुन् ।
उनी प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेसँगै सुरक्षाकर्मीको आँखा छल्दै सर्वोच्च प्रवेश गरेकी थिइन् । उनले सर्वोच्च प्रवेशपछि ज्वलनशील पदार्थ ज्यानमा खन्याएर आगो सल्काउन लाग्दा प्रहरीले पक्राउ गरेको थियो । अर्धचेत अवस्थामा रहेकी उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।
उनले ‘न्याय की मृत्यु’, ‘बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया