भोलि एकताको घोषणा हुने प्रचण्डको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । 

आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । 

उनले आइतवार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिए । 
उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’

उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएका छन् । देशलाई नयाँ दिशामा अघि बढाउन गम्भीर ढंगले छलफल हुन्छ’ प्रचण्डको भनाई थियो । 

पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै प्रचण्डले केही दिनमा पारित गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?