काठमाडौं । प्रतिबन्धीत नेत विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सरकारविरुद्ध प्रतिकार गर्ने चेतावनी दिएको छ ।
शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले सरकारले पक्राउ गरेको आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहा गर्न समेत माग गरेको छ ।
साथै आफ्नो पार्टीमाथि सरकारले गरेको दमन नरोके सशक्त प्रतिरोध गर्ने बाध्य हुने विप्लवले भनेको छ ।
‘पार्टीमाथिको दमन, प्रतिबन्ध, गिरफ्तारी रोकिएन भने हामी सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस्’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया