१९ मङ्सिर २०७९, सोमवार

धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

२०७४,कार्तिक,११,शनिवार १४:५०

9
Shares

काठमाडौँ, ११ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नं को यात्रुबस आज बिहान त्रिशूली नदीमा खस्दा ३१ यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८