फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, प्रेस फोरममा निराला चयन

महोत्तरी । सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

महोत्तरीको रामगोपालपुरमा शनिवार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा अनिलकुमार निरालालाई चयन गरेको छ  । 

त्यस्तै सङ्घको उपाध्यक्षमा पुरुषोत्तमकुमार यादव, महिला उपाध्यक्षमा उषाकुमारी यादव, सचिवमा मञ्जितकुमार राम, कोषाध्यक्षमा सुशीलकुमार यादव, सदस्यमा तुलसीकुमार मण्डल, देवकुमार महतो, लालुप्रसाद मण्डल, अनिल यादव, गुरुदेव यादव र चमेलीकुमारी सिंह चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यमा नागेन्द्रकुमार यादव, अशोककुमार धनकार, सूर्यनारायण मण्डल र राजेशकुमार सिंह चयन भएको सङ्घका अध्यक्ष निरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?