मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
546
Shares

मुक्तिनाथ विकास बैंकले आफ्नो १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको शनिवार सम्पन्न बार्षिक साधाण सभाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १० दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांश मध्ये नौं दशमलव ७५ प्रतिशत बोनस सेयर र बाँकी शुन्य दशमलव ५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । बैंकले सोही सभा मार्फत आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यत्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । सोही समारोहमा बैंकका पूर्वअध्यक्ष मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?