राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित

लोकपथ
455
Shares

राष्ट्रिय सहकारी महासंघको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औं बार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी हुन । निवर्तमान अध्यक्ष मिनराज कडेलले महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएको बताए । मिनराज कडेल अघि पुर्व मन्त्री केशव बडाल र दिपक प्रकाश बास्कोटाले महासंघको नेतृत्व गरेका थिए ।

२५ सदस्य संचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदहरुमा निर्विरोध भएको छ । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष रहेकी थिईन । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भईसकेको छन् । संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएकी थिईन । उनी यसअघि उपाध्यक्ष रहेकी थिईन । उनी राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन । उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भएका छन् । पछिल्लो संशोधिन विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् । यसअघि उनी संचालक रहेका थिए ।

सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अञ्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन् । साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् । महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले घोषणा गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?