बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि ‘बिगमार्ट कार उपहार उत्सव’ लिएर आएको छ ।
उत्सव अन्तर्गत बिगमार्टले माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ।
जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टीएगो कार, एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रेजेड स्कुटर , भाग्यशाली पाँच जना ग्राहकलाई ५ वटा स्मार्ट फोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार बराबरको किनमेल भौचरको व्यवस्था गरिएको छ ।
साथै, ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रुपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँ) र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रुपैयाँ) सम्म तत्काल छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
प्रत्येक ७ सय ५० रुपैयाँ वा त्यसभन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने कम्पनीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया