सुदूरको भुवा काठमाडौंमा भव्य (तस्बीरुहरु)

लोकपथ
156
Shares

काठमाडौं । सुदूरपश्चिममा विशेषगरि बाजुरामा दसैंतिहार पछिको ठूलो चाडको रुपमा मनाइने भुवा पर्व यो वर्ष काठमाडौंमा पनि मनाइएको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा मनाइएको हो । कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुसेऔसीका दिनबाट सुरु हुन्छ । पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुढा बाल्ने चलन छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ ।

तीनदेखि पाँच दिनसम्म मनाइने भुवा पर्व बाजुराका ब्रम्हतोला, मार्तडी, आटीचौर, बाह्विस, गुदुखाती, जुगाडा, कुल्देवमाडौं लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झनास्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?