इन्टेग्रीटी आइकन नेपाल २०२३ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव, नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत, प्रतिक राई, मनमैजु माध्यामिक विद्यालय, तारकेश्वर, काठमाण्डौका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत, पद्मनाथ आत्रेय र नारायणी अस्पताल, बीरगञ्जका अस्पताल नर्सिङ निरिक्षक, हेमा थापा रहेकाछन् ।

२५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण १० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए ।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो । जस अन्तरगत, नीरा अधिकारी इन्टेग्रीटी विथ इन्सपीरेशन प्रतिक राई इन्टेग्रीटी विथ एक्सीलेन्स रबिना महर्जन इन्टेग्रीटी विथ करेज पद्मनाथ आत्रेय, इन्टेग्रीटी विथ ह्युम्यानिटी र हेमा थापा इन्टेग्रीटी विथ कम्प्यासन टाईटलबाट सम्मानित भएका थिए ।

“ईन्टेग्रिटी आईकन २०२३” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै पूर्व सभामुख दमननाथ ढुंगानाले भन्नुभयो, “देशमा जता पनि निरासा छ । यसको प्रमुख कारण पथ प्रदर्शकको भूमिकामा ुहुने राजनीतिक दलले गर्ने भ्रष्टाचार हो र त्यो भ्रष्टाचारलाई कम गर्न सक्ने भनेको असल कर्मचारितन्त्रले मात्र हो । त्यसैले मैले सदाचार कर्मचारीलाई सम्मान गर्ने यो कार्यक्रमको महत्व बढी पाए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?