राजपाले मनायो तेस्रो वार्षिकोत्सक

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज (शनिवार) तेस्रो वार्षिकोत्सव मनाएको छ । 

२०७४ साल वैशाख ७ गते आजकै दिन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ राजनीतिक दलले एकीकरण गर्दै राजपा नेपाल नयाँ दल गठन गरेको थियो । 

काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा राजपाले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा राजपाका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाललगायत नेता तथा शुभेच्छकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?