पृथ्वीनारायण शाह राजावादीका पेवा होइनन् : सभापति लामिछाने

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्मातालाई राजावादीले हाम्रो मात्रै पेवा नठानी, गणतन्त्रवादीले हाम्रो होइन नभनि सबैको साझा बनाएर राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् ।

उनले भने,‘त्यति बेलाको बाइसे–चौबिसे राज्यहरुको अवस्था र इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एकढिक्का बनाएर आज नेपाल भनेर गौरव गर्नसक्ने राष्ट्र निर्माताप्रतिको अघात सम्मान गर्न कन्जुस्याँई गर्न हुँदैन्’, उनले अगाडि भने, ‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले यो हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने तिर लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्न सकियो भने राष्ट्रको लागि राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?