कोशीमा सभामुखबारे केन्द्रीय बैठकले निर्णय लिन्छ : अध्यक्ष लिङदेन

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् ।

शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभामुख लिने विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका हुन् ।

उनले भने, ‘सभामुखमा हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि सहभागिता छ । यो नौलो कुरा होइन् । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नगरी लिन्छौं । यो विषय हाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । यी सबै पक्षमा कुनै पक्ष विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय भएकाले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उचित निर्णयमा पुग्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?