भ्रष्टाचारीहरु हात जोड्दै मन्दिरमा….

अदालतको   फैसला   मान्न   छोडेर !

हरे राम  लेखेको पहेँलो  बस्त्र  ओडेर !

मठ(मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,

रक्षा गर भगवान भन्दै दुई हात जोडेर !!

 

देशको लागी सिन्कोसम्म  नभाँचेरै बसेपछि !

सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि !

देश  कसरी  बन्छ र खै,  गर्छु भन्ने मरेर गए,

गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि !!

 

सुन  गुमाएर  नुन  पाउनुको के अर्थ ?

राष्ट्रियताको  गीत गाउनुको के अर्थ ?

देशको तालाचाबी पराइलाई सुम्पिएर,

दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ??

मुकुन्द कृष्ण थापा, खोटाङ

(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् ।)                     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?