काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गरेको चियापानमा प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरु पुगेका छन् ।
राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा लगायत उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत पूर्व प्रशासकसमेत पुगेका छन् ।
सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष नेताहरुलाई स्वागत गरेका थिए ।
राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया