झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया