काठमाडौं । नागरिक उन्मुक्ती पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
टीकारपुरमा बिहीबारदेखि जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षका लागि चौधरीको मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारीका लागि आज २ बजेसम्मको समय तोकिएको थियो । तर अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
०७२ सालमा कैलालीको टिकापुरमा भएको घटनामा मुख्य दोषी देखिएका चौधरी राष्ट्रपतिको आममाफीपछि रिहा भएका थिए । उनी जेलमा रहेका बेला वर्तमान सहकारीमन्त्री समेत रहेकी उनकी पन्ती रञ्जिता श्रेष्ठले पार्टी दर्ता गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया