क्वेष्ट इन्टरनेशनल कलेजमा ’नेवारी सुकुल भोज’ (तस्बिरसहित)

लोकपथ
0
Shares

काठमाडौं । क्वेष्ट इन्टरनेशनल कलेज परिसरमा बिहिबार नेवारी सुकुल भोज कार्यक्रम सम्पन्न भएको छ ।
नेवारी संस्कृतिको संरक्षण गर्न र विद्यार्थीहरुलाई नेवारी सुकुल भोजको बारेमा जानकारी गराउन बिएचएम फिफ्ट थिम् इभेन्टद्धारा आयोजित कार्यक्रममा २ सय ९० जनालाई नेवारी परिकार खुवाइएको हो ।

 

सुकुल भोज कार्यक्रममा चिउरा, ड्याकुला, विभिन्न थरीको अचार, बफ चिकेन छोयला, आलुतामा, साग, दही, थ्वोँ लगायतका परिकारहरु समावेश गरिएका थिए ।

बिएचएम फिफ्ट सेमिष्टरका ६२ जना विद्यार्थीहरुको संयुक्त योगदान रहेको उक्त कार्यक्रममा तीनसयभन्दा बढी अतिथीहरु सहभागी भएर खानाको स्वादसँगै नेवारी कल्चरको मौलिक भाँडाकुँडाको अवलोकन, बाजाको ताल र लाखे नाचको नृत्यबाट आनन्द लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?