राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०२औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।

वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएको छ ।

दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक बिदा दिने गर्दै आएको छ ।

हेर्नुहोस तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?