रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

लोकपथ
168
Shares

काठमाडौं । जिल्ला अदालत सर्लाहीले हत्या र बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको अदालतका श्रेष्तेदार सदन अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश आएको छ ।’ उनले भने ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बम्जनलाई मंगलबार हात्तिगौँडाबाट पक्राउ गरेको थियो । ब्यूरोले बुधबार सार्वजनिक गरेर उनलाई बुधबार नै जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाएको हो ।

विवादित पृष्ठभूमिका बम्जन प्रहरीको उच्च खोजीमा रहेका थिए । बालिका बलात्कार मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई २०७६ साल माघ २३ गते पक्राउ गर्न अनुमति दिएको थियो । तर उनी फरार रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?