रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

लोकपथ
2.3k
Shares

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ ।

आज जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बहस सकिएको हो ।

बम्जनको मुद्दाको थुनछेक बहस सकिएको र केही बेरमा आदेश आउने जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सुदन अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘थुनछेक बहस सकियो । आजै आदेश आउँछ त्यसको तयारी भइरहेको छ ।’ उनले लोकपथसँग भने ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बम्जनलाई मंगलबार हात्तिगौँडाबाट पक्राउ गरेको थियो । ब्यूरोले बुधबार सार्वजनिक गरेर उनलाई बुधबार नै जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाएको हो ।

विवादित पृष्ठभूमिका बम्जन प्रहरीको उच्च खोजीमा रहेका थिए । बालिका बलात्कार मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई २०७६ साल माघ २३ गते पक्राउ गर्न अनुमति दिएको थियो । तर उनी फरार रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?