जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

लोकपथ
210
Shares

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेकोअवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाईबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र दुई बुक तासहित पेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?