काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाएको छ ।
राप्रपाले शुक्रवार देशभर धर्मनिरपेक्षता लेखिएका ब्यानर र पोष्टर जलाएको हो ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनका अनुसार धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउन राप्रपाले नेताहरुलाई विभिन्न जिल्ला पठाएको थियो ।
काठमाडौं उपत्यकामा अध्यक्ष कमल थापाले पोष्टर जलाउने कार्यक्रमको नेतृत्व गरेका थिए भने महामन्त्री लिङदेन ब्यानर र पोष्टर जलाउन झापा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया