प्रधानमन्त्री भियतनाम र कम्बोडियाको भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । 

भियतनाममा यही वैशाख पूर्णिका दिन आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रुपमा आमन्त्रण गरिएको हो । यसपालि जेठ ४ गते बुद्धजयन्ती परेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले भियतनामापछि कम्बोडियाको भ्रमण गर्ने छन् । 

भियतनामा रहँदा प्रधानमन्त्री ओलीले दुई पक्षीय हवाई सम्झौता परिमार्जन गर्ने तयारी भएको परराष्ट मन्त्रालय स्रोतले जनाएको छ । 

दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाबाट भ्रमणको निम्तो आएपछि प्रधानमन्त्रीको भ्रमणको तयारी यतीबेला तीव्र पारिएको परराष्ट मन्त्रालयले जनाएको छ । 

यसअघि नेपालले भियतनामसँग सन् २०१५ मा हवाइ सम्झौता भएको थियो । तर, सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?