वाइसिएलले सम्पन गर्यो देशभर वार्ड सम्मेलन, तीन लाख सदस्य थपिए

काठमाडौं ११ कार्तिक – देशैभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन एउटै समयमा वडा सम्मेलन सम्पन्न गर्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देखि चुनावी अभियान थालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभरका वडा सम्मेलन सम्पन्न गरेको हो । १ बुथ १०० युथको नारा सहित वाईसिएल नेपालले देशैभर युवा परिचालन गर्ने निर्णय गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यन्वयन गर्न आज देखि नै कामको थालन गरेको बताइएको छ । वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडा वाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएका छन् । सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजै देखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाइ जिताउन चुनावमा होमिन वाइसिएल अध्यक्ष राम प्रसाद साप्कोटा दिपशीखाले निर्देशन दिईसकेको ओलीले बताए । गणेशमान पुनकाे प्रमुख अातित्थ्यमा काठमाडाैं महानगर १५ काे वर्डा सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले लक्षमण भुसालकाे संयाेजकत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेकाे छ । त्यस्तै काठमाडौं जिल्ला अध्यक्ष शिशिर तामांङ र जिल्ला सह सचिब धिरज उपरकोटीको उपस्थितिमा महानगरकाे वार्ड न. २६ मा जेश लामाको अध्यक्षतामा २० सदस्यीय, वार्ड न. २७ मा तिलक धितालको अध्यक्षतामा २० सदस्यीय, २८ न वार्डमा गंगा नेपालीको अध्यक्षता ४० सदस्यीय र गंगबु नगरपालिका वार्ड न ९ को अध्यक्षमा ज्ञानु सापकोटाकाे अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेकाे छ । त्यसैगरी वाइसिएल अध्यक्ष रामप्रसाद सापकाेटा ‘दिपशीखा’ काे प्रुमख अातित्थ्यतामा ललितपुर महालक्ष्मी नगरपालिकाका १० वटा वार्डको संयुक्त सम्मेलन सम्पन्न भएकाे छ ।उक्त सम्मेलनले महालक्ष्मी नगरकाे इन्चार्जमा उमंग केसी र अध्यक्षमा राजाराम बस्नेतलाइ चयन गरेकाे छ । त्यस्तै वर्डाहरूकाे अध्यक्ष १ मा राजीब सुवेदी, २ मा विशाल पाठक, ३ मा उज्जल थापा, ४ मा साजन केसी, ५ मा राेहित श्रेष्ठ, ६ मा राकेश लामा, ७ मा दिलिप बस्नेत, ८ मा रिकेत थापा, ९ मा हरिकृष्ण पाेख्रेल, १० मा विरमान तामाङलाइ चयन गरी सम्पन्न भएकाे छ । त्यस्तै वागमती गाँउपालिकाकाे अध्यक्षमा रामलाल थिङ निर्वाचित भएका छन् । ललितपुर गोदावरी नगरपालिका १ मा दिनेश थापाकाे अध्यक्षतामा २५ सदस्य, वडा न. २ मा सुसान्त तामांग अध्यक्षतामा २५ सदस्यीय, ३ मा देवराज घिमीरे २५ सदस्यीय, ४ मा गौरब पहरी २५ सदस्यीय, ५मा अरुणिमा सिलवाल २५ सदस्यीय, ६ मा अरमान नगरकोटी, ८ मा सागर तामाङ, ९ मा दिनेश नगरकाेटी, १२ मा राम महर्जन, १४ मा मनाेज महर्जनका अध्यक्षतामा वडा कमिटि चयन गरेकाे जिल्ला अध्यक्ष धनकुमार मैनालीले बताए । त्यसैगरी माडी नगरपालिका इन्चार्ज हरि कृष्ण लामिछाने र सम्योजक क्षेत्र प्र. देबकोटा चयन गरेकाे छ । त्यसैगरी वार्ड १ मा अर्जुन पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, २ मा माधव पौडेलकाे संयाेजकत्वमा ३१ सदस्यीय, ३ मा बिष्णु लामिछानेकाे संयाेजकत्वमा ३५ सदस्यीय, ४ मा उमेश लामिछानेकाे संयाेजकत्वमा ३३ सदस्यीय, ५ मा पवन बि.क. संयाेजकत्वमा ५१ सदस्यीय, ६ मा अशोक पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, ७ मा नवीन अधिकारिकाे संयाेजकत्वमा ३१ सदस्यीय, ८ मा निलकन्ठ गौतमकाे संयाेजकत्वमा २१ सदस्यीय, ९ मा मोहन स्याङ्तानकाे संयाेजकत्वमा ३५ सदस्यीय कमिटी चयन गरेकाे छ । उता बिनय थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न कास्कीकाे मादी गाउँपालिका संयुक्त वार्ड सम्मेलनले शन्तोष अधिकारी को अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरेकाे छ भने रुपा गाउँपालिकाकाे संयोजकमा माधव पौडेललाइ चयन गरेकाे छ । बाम गठबन्धनको पक्षमा रहेका दुई वटै युवा संगठन वाइसिएल नेपाल र एमाले निकट युवा संघ नेपालको संयुक्त बैठक हिजो काठमाडौमा बसेर संगठनले लिएका निर्णयहरू कार्य क्षेत्रमा कार्यान्वयन गर्न गराउन विशेष निर्देशन समेत दिएको छ । संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीयआयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीयविभागका सदस्य, जिल्लाअध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्तनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । दुबै संगठनका पदाधिकारी रहेको एक सचिवालय, दैनिककार्य संचालनगर्न र परिचालन समितिलाई संयोजन गर्नका लागि संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?