तस्बिर सार्वजनिक गरेर गोपनियता भंग गरेको भन्दै गौशाला–२६ ले दिइन् उजुरी

लोकपथ
17.9k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार सजाय सुनाएपछि पीडित गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । पीडितको गोपनीयता भंग भएको भन्दै साइबर ब्यूरोमा उजुरी परेको छ ।

उनले आफ्नो गोपीयता भंग गरेको भन्दै ब्यूरोमा उजुरी दिएको र त्यसबारे अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता पशुुपति रायले लोकपथलाई जानकारी दिए ।

‘उहाँबाट उजुरी आएको छ । हामी अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने ।

बलात्कार मुद्दामा बुधबार अदालतले सन्दीपलाई ८ वर्ष जेल सजाय र ५ लाख जरिवाना तोकेको छ । त्यससँगै उनका समर्थकहरुले गौशला २६ भन्दै उनको तस्विरहरु सार्वजनिक गरिरहेका छन् । एकै घटनाका एक व्यक्तिको सबै विवरण सार्वजनिक हुँदा अर्को पक्षको भने सबै विवरण लुकाइएको भन्दै उनका समर्थकहरुले विभिन्न तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

त्यसरी तस्बिरहरु सार्वजनिक भएको भन्दै केही राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुलाई कारबाही समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?