काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुक्त हुने समय आएको बताएका छन् ।
शुक्रवार नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवसको अवसरका क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आएको बताएका हुन् ।
ओली सरकारको अत्याचार बढेको र सबैलाई दुःख दिएको उनको दाबी सभापति देउवाले छ ।
त्यस्तै गत वर्षको साउन १० गते बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो बचाउन लागेको, महंगी बढेको भन्दै सभापति देउवाले भने, ‘एउटा पनि राम्रो काम गर्यो भन्न सक्ने अवस्था छैन ।’
‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया