कालो मरिच औषधिका गुणहरुले भरिपूर्ण, जाडो मौसममा यसरी गर्नुहोस् प्रयोग

लोकपथ
1.8k
Shares

काठमाडौं । कालो मरिच प्रायः हरेकको घरको भान्छा कोठामा उपलब्ध रहेको हुन्छ । यसलाई हामी मसलाको रुपमा पनि प्रयोग गर्ने गछौँ । यसलाई किंग अफ स्पाइस पनि भनिन्छ ।

कालो मरिच धेरै गुणहरुले भरिपूर्ण रहेको हुन्छ । यसले रुघा खोकी देखि श्वासप्रश्वास सम्बन्धी समस्यालाई समेत समाधान गर्छ । यदि तपाईको घरमा कालो मरिच छ र यसको प्रयोग गर्ने सहि तरिका तपाईलाई थाहा छ भने सामान्य समस्याहरुको लागि तपाईलाई अस्पताल गइराख्नुपर्ने आवश्यक पर्दैन ।

चिसो र फ्लू भएको बेलामा

कालो मरिचलाई हामीले धेरै तरिकाले प्रयोग गर्न सक्छौँ । कालो मरिचमा पेपरिन नामक एक तत्व रहेको हुन्छ । जसमा औषधिको गुण भरपूर मात्रामा पाइन्छ । त्यसमा आइरन, पोटाशियम, म्याग्नेशियम, म्यागनीज, जिंक, क्रोमियम, भिटामिन एल लगायतका धेरै प्रकारको पोषक तत्वहरु पाइन्छ । यदि हामीले रुखा खोकी लागेको बेलामा मरिचलाई तातो दुधमा हालेर खाएमा यसले तुरुन्तै फाइदा गर्छ । यदि तपाईलाई रुघा खोकी लागिरहन्छ भने पनि हामीले १५ दिनसम्म यसलाई दिनको एउटा दाना बढाएर खाने फेरि १५ दिनपछि दिनको एउटा दाना घटाएर १५ दिनसम्म नै खाने, जस्तै एक दिन एउटा दुईदिन दुईवटा र १४ दिनमा १४ वटा नै यस्तो गरेर खाएमा जति पुरानो रुघा भए पनि ठिक हुन सक्छ ।

घाँटी बसेको बेलामा

विज्ञका अनुसार यदि तपाईको घाँटी बसेको छ, घाँटीबाट घुरेको जस्तो आवाज पनि आउछ भने कालो मरिचलाई घ्यू वा मिश्रीसँग मिसाएर खाएमा घाँटी ठिक हुन्छ ।

यति तपाईको टाउको दुखेको छ भने यसको धुँवा टाउकोमा लगाउनु भयो भने पनि कम हुन्छ । यदि तपाईलाई रुघाखोकी लागि रहेको छ भने कालो मरिच ४–५ दाना किसमिससँग चपाएर खानुभयो भने यसले रुघा कम गर्न मद्दत गर्न सक्छ । कालो मरिचको धुँलोलाई शखरसँग मिसाउने औषधिको गोलि जस्तो बनाएर पनि सेवन गर्न सकिन्छ । यसले रुघाखोकी छिटै निको हुन मद्दत गर्छ । कालो मरिचले जाडोमा हुने सानोतिनो बिरामीलाई घरमा नै निको पार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?