यस्तो छ पानी पिउने सही तरिका

लोकपथ
637
Shares

काठमाडौं । हरेक जीवका लागि पानी अतिआवश्यकीय वस्तु हो । हामी पानी बिनाको जीवन कल्पना समेत गर्न सक्दैनौँ । तर हामीलाई हाम्रो शरिरमा कति पानीको आवश्यक हुन्छ र त्यसलाई सही तरिकाले कसरी पिउने भन्नेबारे ज्ञानको समेत अभाव देखिन्छ । अन्य खानेकुरा जस्तै पानी पनि मात्रा मिलाएर खान नसकेमा त्यसले शरिरलाई चाहिने आहार नदिन सक्छ । नियमित उपयुक्त समयमा प्रशस्त पानी पिउनाले हामीलाई विभिन्न रोग लाग्नबाट समेत बच्न सकिन्छ ।

यदी सही समयमा नियमित पानी पिउन सकिएमा त्यसले औषधीको काम गर्ने विज्ञहरु बताउँछन् । प्रायजसो मानिसहरु खाना खाइसकेपछि पानी पिउने गरेका हुन्छन् । यदि तपाईंको खाना खाएको एकछिनमा नै पानी पिउने बानी छ भने त्यसले तपाईंको शरीरमा समस्या ल्याउन सक्छ । यसले गर्दा पानी खाना खाएको आधा घण्टापछि मात्र पिउनुपर्छ । आज हामी तपाईंहरुलाई उपयुक्त समयमा पानी पिउनाका फाइदाका बारेमा जानकारी दिँदैछौँ ।

यस्ता छन् पानी पिउनुका फाइदाहरु :
पाचनशक्ति राम्रो हुन्छ ।

शरीरको तौल कम हुन्छ ।

छालामा चमक ल्याउँछ ।

निरासापन हट्छ, शरीरमा ऊर्जा बढ्छ ।

मधुमेहबाट पनि बच्न सकिन्छ ।

यस्ता छन् उपयुक्त समयमा पानी नपिउँदाको बेफाइदाहरु :

शरीरको अस्वभाविक तौल बढ्छ

पाचनप्रकिृयामा समस्या आउँछ

ब्लड प्रेशर बढ्ने सम्भावना हुन्छ

पानी पिउने सहि समय

यसरी पानी शरिरका अतिआवश्यक भए पनि पानी मात्रा मिलाएर पिउन नजान्दा त्यसले असर समेत गर्ने गरेको छ । साथै कुन समयमा कति पानी पिउने भन्ने जानकारी नहुँदा समेत त्यसले हामीलाई असर गरिरहेको हुन्छ ।

हामीले बिहान उठ्नेबित्तिकै ४ गिलास पानी पिउ पेटमा समस्या हुँदैन । जाडोको समयमा मनतातो पानी पिउँदा शरिरलाई राम्रो हुन्छ । त्यतिमात्र होइन नुहाउनु भन्दा अगाडि एक गिलास पानी पिउदा यसले रक्तचाप नियन्त्रण गर्छ । साथै चिया र कफि पिउनुभन्दा अगाडि एक गिलास पानी पिउदा एसिडिटी कम हुन्छ । त्यसको साथै हामीले व्यायाम गर्नुभन्दा अगाडि एक गिलास पानी पिउने गरेमा यसले व्यायाम गर्दा पानीको कमी हुँदैन र व्यायाम गर्ने ऊर्जा प्रदान गर्छ । त्यस्तै तनाव र थकाई लागेको समयमा पानी पिउदा दिमाखलाई शान्त बनाउछ ।

हामी गर्मीको समयमा अत्याधिक चिसो पानी पिउने गर्दछौँ, जसको कारण हामीलाई त्यसले असर गर्ने गर्दछ । अत्याधिक चिसो पानी पिउँदा हाम्रो शरीरको पाचन इन्जाइमहरुको गतिविधि कम हुन्छ । यसले गर्दा इन्डाइजेसन हुने सम्भावना हुन्छ । यसले गर्दा साधारण पानी पिउदा फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?