वाइसिएलले सम्पन गर्यो देशभर वार्ड सम्मेलन, तीन लाख सदस्य थपिए

काठमाडौं ११ कार्तिक – देशैभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन एउटै समयमा वडा सम्मेलन सम्पन्न गर्दै नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देखि चुनावी अभियान थालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभरका वडा सम्मेलन सम्पन्न गरेको हो १ बुथ १०० युथको नारा सहित वाईसिएल नेपालले देशैभर युवा परिचालन गर्ने निर्णय गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यन्वयन गर्न आज देखि नै कामको थालन गरेको बताइएको छ । वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडा वाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएका छन् सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजै देखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाइ जिताउन चुनावमा होमिन वाइसिएल अध्यक्ष राम प्रसाद साप्कोटा दिपशीखाले निर्देशन दिईसकेको ओलीले बताए गणेशमान पुनकाे प्रमुख अातित्थ्यमा काठमाडाैं महानगर १५ काे वर्डा सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले लक्षमण भुसालकाे संयाेजकत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेकाे छ । त्यस्तै काठमाडौं जिल्ला अध्यक्ष शिशिर तामांङ र जिल्ला सह सचिब धिरज उपरकोटीको उपस्थितिमा महानगरकाे वार्ड न. २६ मा जेश लामाको अध्यक्षतामा २० सदस्यीय, वार्ड न. २७ मा तिलक धितालको अध्यक्षतामा २० सदस्यीय, २८ न वार्डमा गंगा नेपालीको अध्यक्षता ४० सदस्यीय र गंगबु नगरपालिका वार्ड न ९ को अध्यक्षमा ज्ञानु सापकोटाकाे अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेकाे छ त्यसैगरी वाइसिएल अध्यक्ष रामप्रसाद सापकाेटा ‘दिपशीखा’ काे प्रुमख अातित्थ्यतामा ललितपुर महालक्ष्मी नगरपालिकाका १० वटा वार्डको संयुक्त सम्मेलन सम्पन्न भएकाे छ ।उक्त सम्मेलनले महालक्ष्मी नगरकाे इन्चार्जमा उमंग केसी र अध्यक्षमा राजाराम बस्नेतलाइ चयन गरेकाे छ । त्यस्तै वर्डाहरूकाे अध्यक्ष १ मा राजीब सुवेदी, २ मा विशाल पाठक, ३ मा उज्जल थापा, ४ मा साजन केसी, ५ मा राेहित श्रेष्ठ, ६ मा राकेश लामा, ७ मा दिलिप बस्नेत, ८ मा रिकेत थापा, ९ मा हरिकृष्ण पाेख्रेल, १० मा विरमान तामाङलाइ चयन गरी सम्पन्न भएकाे छ त्यस्तै वागमती गाँउपालिकाकाे अध्यक्षमा रामलाल थिङ निर्वाचित भएका छन् । ललितपुर गोदावरी नगरपालिका १ मा दिनेश थापाकाे अध्यक्षतामा २५ सदस्य, वडा न. २ मा सुसान्त तामांग अध्यक्षतामा २५ सदस्यीय, ३ मा देवराज घिमीरे २५ सदस्यीय, ४ मा गौरब पहरी २५ सदस्यीय, ५मा अरुणिमा सिलवाल २५ सदस्यीय, ६ मा अरमान नगरकोटी, ८ मा सागर तामाङ, ९ मा दिनेश नगरकाेटी, १२ मा राम महर्जन, १४ मा मनाेज महर्जनका अध्यक्षतामा वडा कमिटि चयन गरेकाे जिल्ला अध्यक्ष धनकुमार मैनालीले बताए त्यसैगरी माडी नगरपालिका इन्चार्ज हरि कृष्ण लामिछाने र सम्योजक क्षेत्र प्र. देबकोटा चयन गरेकाे छ । त्यसैगरी वार्ड १ मा अर्जुन पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, २ मा माधव पौडेलकाे संयाेजकत्वमा ३१ सदस्यीय, ३ मा बिष्णु लामिछानेकाे संयाेजकत्वमा ३५ सदस्यीय, ४ मा उमेश लामिछानेकाे संयाेजकत्वमा ३३ सदस्यीय, ५ मा पवन बि.क. संयाेजकत्वमा ५१ सदस्यीय, ६ मा अशोक पाठककाे संयाेजकत्वमा ३१ सदस्यीय, ७ मा नवीन अधिकारिकाे संयाेजकत्वमा ३१ सदस्यीय, ८ मा निलकन्ठ गौतमकाे संयाेजकत्वमा २१ सदस्यीय, ९ मा मोहन स्याङ्तानकाे संयाेजकत्वमा ३५ सदस्यीय कमिटी चयन गरेकाे छ उता बिनय थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न कास्कीकाे मादी गाउँपालिका संयुक्त वार्ड सम्मेलनले शन्तोष अधिकारी को अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरेकाे छ भने रुपा गाउँपालिकाकाे संयोजकमा माधव पौडेललाइ चयन गरेकाे छ बाम गठबन्धनको पक्षमा रहेका दुई वटै युवा संगठन वाइसिएल नेपाल र एमाले निकट युवा संघ नेपालको संयुक्त बैठक हिजो काठमाडौमा बसेर संगठनले लिएका निर्णयहरू कार्य क्षेत्रमा कार्यान्वयन गर्न गराउन विशेष निर्देशन समेत दिएको छ संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीयआयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीयविभागका सदस्य, जिल्लाअध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्तनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । दुबै संगठनका पदाधिकारी रहेको एक सचिवालय, दैनिककार्य संचालनगर्न र परिचालन समितिलाई संयोजन गर्नका लागि संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?