काठमाडौं । व्यक्ति हत्या र यौन हिंसा लगायतको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई अदालतमा उपस्थित गराइएको छ ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।
२०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीले अनुमति दिएको थियो । एक बालिकामाथि यौन हिंसा गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।
बुधबार सिआइबीले उनलाई सार्वजनिक गरेर सर्लाही पठाएको थियो ।
अहिले जिल्ला अदालत सर्लाहीमा बयान शुरु भएको छ । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयान सुरु भएको हो । बयानपश्चात थुनछेक आदेश हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया