विश्व साइकल यात्री सौरव दाहाललाई पितृ शोक

लोकपथ
1.1k
Shares

काठमाडौं । विश्व साइकल यात्री सौरव दाहाललाई पितृ शोक परेको छ । भोजपुर जिल्लामा जन्मेका सौरवका पिता मीनप्रसाद दाहालको बुधबार साँझ ८६ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि पेटसम्बन्धी रोगबाट ग्रसित दाहालको निधन बुधबार आफ्नै निवास भद्रपुर नगरपालिका-११ विकासनगरमा भएको सौरवले जानकारी दिए । मृतक दाहालको चार छोरा र चार जना छोरी छन् ।

पिता मीनप्रसाद र माता कृतिदेवी दाहालका आठ सन्तान मध्येका सातौं सन्तान सौरवले १८ वर्षको उमेरदेखि साइकल यात्रा सुरुगरी हालसम्म विश्वका विभिन्न ८० देशमा यात्रा पूरा गरिसकेका छन् ।

सौरवले नेपालको पर्यटन र संस्कृतिलाई साइकल यात्राबाट विश्वका विभिन्न देशमा पुर्याउन महत्वपूर्ण कार्य गर्दै आएका छन् । उनले विश्व साइकल यात्रा सन् २०१० मा सिङ्गापुरबाट सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?