काठमाडौं । एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सप्तरीका अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज घर भई हाल काठमाडौंको स्यूचाटारमा बस्दै आएका ५४ वर्र्षीय यादवलाई नाम परिवर्तित २६ लाई जबरजस्ती करणी गरेको आरोप छ ।
उनीविरुद्व परेको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा ललितपुरको झम्सीखेलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया