बर्दिया । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो ।
सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले ओढेको ब्लाङ्केट सल्किएपछि उनी घाईते भएकी थिइन् ।
बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो ।
उनको मृत्यु आज विहान चार बजेभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया