क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवना र पिडितलाई २ लाख र क्षतिपूर्ति भराउन आदेश

लोकपथ
3.5k
Shares

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।

साथै अदालतले ३ लाख जरिवाना र पिडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश समेत दिएको छ ।

यसअघि पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?