काठमाडौं । राष्ट्रिय जनता पार्टी (राप्रपा)ले आज (शुक्रवार) धर्मनिरपेक्षता सम्बन्धी ब्यानर र पोष्टर जलाउने भएको छ ।
सनातन हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राप्रपाले काठमाडौंमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा धर्मनिरपेक्षता सम्बन्धी ब्यारन र पोष्टर जनाउने भएको हो ।
राप्रपाले काठमाडौं उपत्यकाका ३ जिल्लाको रत्नपार्कमा र बाँकी ७४ वटा जिल्ला सदरमुकामममा विरोध प्रदर्शन गर्न लागेको हो ।
सो कार्यक्रममा राप्रपाका अध्यइा कमल थापासहितका शीर्ष नेताहरु सहभागी हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
धर्मनिरपेक्षता सम्बन्धी ब्यानर र पोष्टर जलाउने कार्यक्रमलाई संविधानकै अपमानका रुपमा नबुझ्न सरकारलाई राप्रपाले भनेको छ ।
हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग गर्दै राप्रपा आन्दोलनमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया