नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १० स्थित बरदेवी मन्दिरको शिलान्यास गरिएको छ ।
बुधबार दिउँसो बेलकोटगढी नगरपालिका वडा नं १० का वडाध्यक्ष प्रल्हादप्रसाद थपलियाले मन्दिरको शिलान्यास गरेका हुन् ।
मन्दिर शिलान्यास समारोहमा वडाध्यक्ष थपलियासहित समाजसेवी मानबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढीका नगर सभापति मनोहर पन्त, मन्दिर निर्माण समितिका अध्यक्ष चित्रप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
उक्त मन्दिर निर्माणका लागि बागमती प्रदेश सरकार ८ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै आगामी जेठ मसान्तसम्म मन्दिर निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया