काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतले २० करोडसम्मको योजना आफैँ छनोट गरेर खर्च गर्न पाउने विषयमा सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको उपस्थितीमा आज बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा प्रश्न गर्दै सचेतक बर्तौलाले सो विषयले राष्ट्रघातको जरा काट्ने काम भएको आरोप लगाए ।
‘नेपालको संविधानको धारा ५ बमोजिम अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रतालाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा तपाईं भन्न सक्नुहुन्छ ? तपाईं यो सम्झौताप्रति गर्व गर्दै हुनुहुन्छ । तर, यो सम्झौताले देशको राष्ट्रघातको जरा काट्ने काम भएको छ ।’ बर्तौलाको प्रश्न थियो ।
त्यस्तै सरकारले नेपालको चारकिल्ला भित्र एक रुपैयाँ खर्च गर्न समेत संसदको अनुमति चाहिने अवस्थामा अर्को देशले सिधै २० करोडसम्म खर्च गर्न पाउने गरी निर्णय भएको भन्दै सरकारको आलोचना गरे । त्यस्तै अवस्थामा सरकारले त्यस्तो सम्झौता स्वीकार गर्न नसकेको भनेर जानकारी समेत नगराएको भन्दै राष्ट्रघात भएको बर्तौलाको जिकिर रहेको थियो ।
‘सरकारले नेपालको चार किल्लाभित्र एक रुपैयाँ खर्च गर्न पनि संसदको अनुमत चाहिन्छ। संसदले अनुमति नदिएसम्म खर्च गर्न सक्दैन। तर, एउटा देशले आफूले चाहेको योजनामा गर्न मिल्दैन। त्यो स्वीर्कान सक्दैन । राष्ट्रघात हो ।’ उनले भने ।
साथै प्रधानमन्त्रीले भारतीय पक्षसँग कुनै पनि एकलौटी निर्णयाधिकार हुने सम्झौता नभएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया