काठमाडौं । मंगलबार राति पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको निवासबाट ३ करोड बरामद भएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनको निवास हात्तिगौँडाबाट ३ करोड बरामद गरेको हो । उनको निवासबाट नगदसहित १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ समेत बरामद गरेको हो ।
विवादित छवी बनाएका बमजनलाई लामो समयदेखि प्रहरीले खोज्दै आइरहेको थियो । उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीमा उजुरी रहेको छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले खोजि गरिरहेको थियो ।
लामो समयदेखि सिआइबीको टोलीले उनलाई खोजी गरिरहेकोमा मंगलबार पक्राउ गर्न उनको निवास पुग्दा उनी भाग्ने प्रयास समेत गरेका थिए ।
सिआइबीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ । उनलाई सार्वजनिक गरेर सर्लाही पठाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया