आधुनिक कलाको विश्वव्यापीकरणमाथि चर्चा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल हस्तकला महास‌‌घको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताका रूपमा नेपालबाट कलाकार मनिषलाल श्रेष्ठ, अमेरिकाबाट मारी टेलर र जोन फुलर्टन, आयरल्याण्डबाट लोरा मर्फी तथा स्लोभाकियाबाट जुजाना हानाकोभा थिए ।

कार्यक्रमको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली कलाको विविध आयामको चर्चा गरे । उनले भने, ‘पश्चिमले हाम्रो धेरै कुरा लिएको छ । उनीहरूको पनि हामीले लिएका छौँ । पछिल्लो समय सूचनाप्रविधिले गर्दा एकअर्काको कला बुझ्ने बुझाउने, लिने दिने कुरालाई अझ बढाएको छ ।’

कलाकार लोरा मर्फीले आफ्नो कलाको चर्चा गर्दै कार्यक्रममा सहभागी भएको क्षण अविस्मरणीय भएको बताइन् ।
यस्तै, जोन फुलर्टन र जुजाना हानाकोभाले प्रतिष्ठानमा यस किसिमको कार्यक्रममा उपस्थिति हुन पाउँदा आफू खुसी लागेको भन्दै आभार पनि व्यक्त गरे ।

मनिषलाल श्रेष्ठले २०५० सालपश्चात आफू नेपालमा कलाको संस्थागत रुपले जोडिएको बताउँदै नेपाली कलाका बारेमा आफ्नो धारणा व्यक्त गरे ।कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालका पस्मिना, पौभा, थाङ्कालगायतका रैथाने कलाले विश्वका ६५ बढी देशमा बजार पाएको चर्चा गरे ।  महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधारले नेपालको कला अन्तर्राष्ट्रियकरण भइसकेकोे बताउँदै यसमा सबैले साथ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?