काठमाडौं । दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीले पाएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
साथै मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठनसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया