कोशीका नवनिर्वाचित सभामुख विष्टले लिए शपथ

लोकपथ
572
Shares

काठमाडौं । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बर बहादुर विष्टले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आज निर्विरोध निर्वाचित भएका विष्टलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश सभा नियमावली, २०७४ को नियम ८ बमोजिम शपथग्रहण गराएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?