कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

लोकपथ
377
Shares

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?